सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घट्यो

काठमाडाैं – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ तोकेको छ । यसअघि अस्ति तोलामा १ लाख २ हजार ८ सय रुपैयाँ थियो । हिजो सार्वजनिक बिदा भएकाले भाउ तोकिएको थिएन ।

यस्तै आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार