चीनले बढायो ७ प्रतिशतले रक्षा बजेट

काठमाडौं – आफ्ना सेनालाई थप शक्तिशाली बनाउने उद्देश्यले चीनले रक्षा बजेट बढाएको छ । चीनले सात प्रतिशतले रक्षा बजेट बढाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

चिनियाँ संसद (नेसनल पिपुल्स कंग्रेस) मा संबोधन गर्दै प्रधानमन्त्री ली केकियाङ्गले चीनलाई कमजोर बनाउने प्रयास तीव्र भएको भन्दै यस वर्ष रक्षा बजेट बढाउने निर्णय गरिएको बताए । उनले सीमा क्षेत्रमा सैन्य प्रशिक्षण र सबै प्रकारका तयारीलाई तीव्र बनाउनुपर्नेमा जोड दिए ।

Dengue

चीनले सेनाका लागि बर्सेनि करिब दुई सय अर्ब डलर खर्च गर्ने गरेको छ । यद्यपि उसको प्रतिद्वन्द्वी अमेरिकाको तुलनामा यो करिब चार गुणा कम हो । संसद बैठकमा चीनले यस वर्ष ५ प्रतिशतभन्दा कम आर्थिक विकासको लक्ष्य राखेको जानकारी पनि गराइएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार