सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले आज विश्वासको मत लिने, यस्तो छ समिकरण !

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी गरेका छन्।

नेपाली कांग्रेस संसदीय दल नेतासमेत रहेका शाहले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्ने तयारी गरेका हुन्। संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री बनेका थिए।

Dengue

मुख्यमन्त्री बनेपछि ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। मुख्यमन्त्री शाहले विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक राखिदिन सभामुखलाई पत्राचार गरेका थिए। सोहीअनुसार सभामुखले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन्। प्रदेश सभा सचिव देवबहादुर बोगटीले आज दिउँसो १ बजे बैठक बस्ने बताए।

राष्ट्रपति निर्वाचनका बेला केन्द्रमा ८ दल एकै ठाउँमा उभिएकोले प्रदेशमा पनि आफूले विश्वासको मत लिन सजिलो हुने मुख्यमन्त्री शाहले विश्वास गरेका छन्।

केन्द्रमा गठन भएको ८ दलको समीकरणअनुसार सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्र १०, एकीकृत समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ७ र एक स्वतन्त्र सांसद गरी ४१ जनाले आफूलाई विश्वासको मत दिने शाहको विश्वास छ।

तर नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने वा नदिनेबारे निर्णय गरिसकेका छैनन्। उनीहरूले शक्ति बाँडफाँटमा लिखित सहमति हुनुपर्ने बताएका छन्। माओवादीभित्र कसैले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिनुपर्ने त कसैले दिन नहुने बताइरहेका छन्। नागरिक उन्मुक्ति पार्टीले भने आफूहरूका माग सम्बोधन हुनुपर्ने अडान राखिरहेको छ।

यसअघि एमाले संसदीय दल नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री थिए। विश्वासको मत नपाउने भएपछि उनको सरकार एक महिनामै ढलेको थियो। ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमाले नेतृत्वको सरकार ढलेको थियो भने कांग्रेसका शाह नेतृत्वमा नयाँ सरकार बनेको थियो। शाहले पनि विश्वासको मत जुटाउन सकेनन् भने यो सरकार पनि ढल्न सक्छ।

मुख्यमन्त्री शाहले प्रदेश सभा बैठकअघि विभिन्न दलसँग छलफल र सर्वदलीय बैठक गर्ने तयारीसमेत गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार