आठ दलीय गठबन्धनले आज सातै प्रदेशका सांसदसँग अभिमुखीकरण कार्यक्रम गर्दै

काठमाडौं – राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलीय गठबन्धनले शुक्रबार सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दैछ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवारमा समर्थन गरेका दलहरूले प्रदेश सांसदहरुको मत दायाँ बायाँ नहोस भनेर अभिमुखीकरण कार्यक्रम गर्न लागेका हुन् । त्यसका लागि नेपाली कांग्रेसलगायतका दलहरूले सबै प्रदेशमा प्रतिनिधि खटाएका छन् ।

Seti Hospital

प्रशिक्षण कार्यक्रमको नेतृत्व भने कांग्रेस पदाधिकारीहरूले गर्नेछन् । अभिमुखीकरणका लागि गठबन्धनका नेताहरु प्रदेश राजधानी पुगेका छन् । कांग्रेसले कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमतीमा महामन्त्री गगन थापा, गण्डकीमा उपसभापति धनराज गुरूङ, लुम्बिनीमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिममा सहमहामन्त्री बद्री पाण्डेलाई तोकेको छ । बागमती प्रदेश सभाका सांसदहरुको भेला भने हेटौंडाको सट्टा काठमाडौंमा गरिने भएको छ । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा ८ दलबाट पौडेल र नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।

आठ दलले बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको भेला गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार