काठमाडौं – नेपाल प्रहरीले होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न र अपरिचित मानिसहरुको समूहमा होली नखेल्न आग्रह गरेको छ । सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन भन्दै नेपाल प्रहरीले सर्वसाधारणका नाममा जारी गरेको अनुरोध पत्रका होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाउन आग्रह गरिएको छ ।
नेपाल प्रहरीको अनुरोध पत्रमा लेखिएको छ, ‘कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔ, नछ्यापौं । छाला तथा आँखामा असर गर्ने केमिकल रगंको प्रयोग नगरौं ।’ यसवर्षको होली काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा सोमबार र तराई मधेशका जिल्लामा मंगलबार मनाइँदै छ ।
प्रतिक्रिया दिनुहोस्