कैलालीको एक जना करणी गरेको अभियोगमा पक्राउ

भक्तराज जोशी

धनगढी — कैलालीमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका–५ लालबोझीका ५२ वर्षीय सिताराम चौधरी रहेका छन्। उनीमाथि ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

पीडित महिलाले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले बिहीबार राति चौधरीलाई पक्राउ गरेको हो।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार