पारिवारिक रिसइबीका कारण छिमेकीको बालकको हत्या, श्रीमान-श्रीमती पक्राउ

विराटनगर – मोरङको सुनबर्सी नगरपालिका– १ मा बालकको हत्या आरोपमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ । सुनवर्षी नगरपालिका– १ का डिल्लीबहादुर माझीको १४ वर्षीय छोरा विशाल माझीको हत्या आरोपमा प्रहरीले छिमेकी ३५ वर्षीय वीरेन्द्र पासवान र उनकी श्रीमती ३४ वर्षीया डल्ली पासवानलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार फागुन ११ गते बेलुकादेखि बालक बेपत्ता थिए । घरबाट खेल्न हिँडेका विशाल घर नफर्किएपछि खोजी गर्ने क्रममा फागुन १७ गते उनको शव घर नजिकैको पोखरीको डिलमा गाडेको अवस्थामा फेला परेको थियो ।

Dengue

बालकको हत्यामा संलग्न भएको आरोपमा छिमेकी दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पारिवारिक रिसइबीका कारण हत्या गरेको देखिएको प्रहरीको अनुमान छ ।

बालक बेपत्ता भएपछि खोजी गरिरहेका प्रहरीले स्थानीयले पोखरीको डिलमा शंकास्पद खाल्डो देखिएको खबर गरेपछि उत्खनन गरेको थियो । घटनाको अनुसन्धान भइरहेकाले केही दिनभित्र सबै विवरण खुल्ने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि ज्यान सम्बन्धी कसूरमा हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार