व्यवसायीहरु मारमा पर्दा समेत सरकार कानमा तेल हालेर बसेको छ : अध्यक्ष हरि गाैतम

काठमाडाैं – नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले उद्योगी, व्यापारीहरुको समस्या सामाधानका लागि निरन्तर खबरदारी गरिरहेको र सरकार मौन बसेको आरोप लगाएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गत राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले व्यापारिक क्षेत्रका समस्या समाधानका लागि विभिन्न आन्दोलन, जुलुस विरोध सभाको आयोजना गर्नुका साथै सरकारलाई ज्ञापनपत्र बुझाउदा समेत सरकार कानमा तेल हालेर बसेको आरोप लगाएका छन् ।

बैंहरुको ज्याजती बढिरहेको बेला सरकार मौन बसेको र एक अंकको व्याजदर दुई अंकमा पुग्दा समेत सरकारले वास्ता नगरेको कारण उद्योगी व्यापारीहरु मारमा परेको बताएका छन् । अब व्यवसायीहरु चुप लागेर नबस्ने र पछि आउने समस्याप्रति सरकार जिम्मेवार हुनुपर्ने चेतावनी दिएका छन् ।

Seti Hospital

नेपाली युवायुवतीलाई विदेश पठाएर देश चलाउन खोजेको हो भनि सरकारलाई प्रश्न गरेका थिए । अब आफ्नो व्यवसाय थाती राखेर भएपनि व्यवसायीहरु सडकमा उत्रिन बाध्य हुने भएकाले यसतर्फ सरकार सचेत रहन समेत आग्रह गर्नुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार