टर्‍यो सम्भावित विमान दुर्घटना

काठमाडौँ – अवतरणका लागि पालो पर्खिरहेका तीनवटा विमान सम्भावित दुर्घटना हुनबाट जोगिएका छन्। सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि पालो पर्खिरहेका तीनवटा जहाज एक हजार फिटको समान दूरीको अन्तरमा थिए।

सिमरामा रहेको ‘गुराँस होल्डिङ प्वाइन्ट’मा होल्डिङमा रहेका बुद्ध एयरलाइन्स, नेपाल वायुसेवा निगम र कतार एयरवेजको जहाज जमिनबाट ११ हजार पाँच सय फिटदेखि १३ हजार पाँच सय फिटको उचाइमा एक हजार फिटको दूरी (भर्टिकल सेप्रेसन) कायम गरी अवतरणको पालो कुरिरहेका थिए।

Dengue

होल्डमा रहेका जहाजमध्ये बुद्ध एयरको जहाज ११ हजार पाँच सय फिटमा, नेपाल वायुसेवा निगमको जहाज १२ हजार पाँच सय फिटमा र कतार एयरवेजको जहाज १३ हजार पाँच सय फिटमा रहेका थिए। पहिलो अवतरण गर्ने पालो बुद्व एयरको थियो। विमानस्थलमा रहेका एटीसी (एयर ट्राफिक कन्ट्रोलर)ले अवतरणको अनुमति कसैलाई दिएको थिएन। अवतरण अनुमतिको पर्खाइमा रहेकै बेला कतार एयरवेजको जहाजले निगमसँगको दूरी एक हजार फिटबाट दुई सय फिटनजिक बनाएपछि दुर्घटनाको सम्भावना बढ्न पुगेको थियो।

अनुमति र बिनाकुनै जानकारी एक्कासि कतार एयरवेजको जहाज १२ हजार आठ सय फिटमा आएपछि निगमको ट्राफिक कोलिजन एभोडेन्स सिस्टम (टिकास)मा अलर्ट आएको र निगमका पाइलटले एटीसीलाई रिपोर्ट गरेपछि कतारले जहाज थप उचाइमा लगेको थियो। यो समाचार गोरखापत्र दैनिकमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार