सरकारबाट बाहिरिने राप्रपाको निर्णय, सरकारलाई दिएको समर्थन पनि फिर्ता

काठमाडौँ – राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। यस्तै प्रचण्डको नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौं’, बैठकपछि उनले भने । साथै, प्रदेश सरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरिएको उनले बताए। राप्रपाले वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरता तर्फ धकेलिएको निष्कर्ष पनि निकालेको छ । हाल देखिएको सत्ता परिवर्तनको यो प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र भएको राप्रपाको ठहर छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार