राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले प्रकाशित गरेको तालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दिइएको छ । राष्ट्रपतिको उम्मेदवार बन्न पाँच/पाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ ।

आयोगले शनिबार दिउँसो ३ बजेदेखि ४ बजे भित्रमा मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशित गर्नेछ । आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत कार्यालय खोलिसकेको छ । फागुन १४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे फागुन १६ गते पाउनेछन् । उम्मेदवारको अन्तिम नामावली पनि फागुन १६ गते नै प्रकाशित गर्ने तयारी छ ।

Dengue

राष्ट्रपति निर्वाचन भने फागुन २५ गते हुनेछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्यहरू राष्ट्रपति निर्वाचनमा मतदाता हुन्छन् । मतदान भने नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालय परिसरमा हुनेछ । त्यहाँ २ वटा मतदान केन्द्र रहनेछ । तर, दलहरूले अहिलेसम्म उम्मेदवार तय गरिसकेका छैनन् । उम्मेदवार तय गर्न छलफलमा दलहरू व्यस्त छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा बसेको ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् । शनिबार बिहान बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको तर्फबाट कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्नेछ ।

यस्तै, नेकपा (एमाले) ले भने बदलिएको परिस्थितिमा पार्टीको तर्फबाट कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरेको छैन । राष्ट्रपतिबारे निर्णय गर्न एमालेले शनिबार बिहान स्थायी कमिटी बैठक बोलाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार