सातौँ अर्किडकप : आज सातौ दिन ४ वटा खेलहरु सम्पन्न, भोली क्वाटर फाईनलका खेलहरु हुने

 

काठमाडौँ – काठमाडौँको काँडाघारीमा अवस्थित अर्किड स्कुलले संचालन गरेको अर्किड कप अन्तरगत आज सातौ दिन ४ वटा खेलहरु सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा मनकामना स्कुलले एकलब्यलाई २–१ गोलले पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । मनकामनाका सुनिल डंगोल र सुमन सुनवारले समान १–१ गोल गर्दै एकलब्यका विजय श्रेष्ठले प्रत्युत्तर गोल फर्काएका थिए । म्यानअफ द म्याच पनि एकलब्यका विजय श्रेष्ठ नै भएका छन् । आजै भएको दोस्रो खेलमा शुन्य गोलको बराबरीमा हाइलीले गोल्डेन वडलाई ५–४ गोलले पछि पार्यो । गोल्डेन वडका रितिक खड्का म्यान अफ द म्याच भए । आजकै तेस्रो खेलमा साँग्रीलाले सीसीएसलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । साँग्रीलाका गम्भिर तामाङको ह्याट्रिक गोल हुँदा सीसीएसका रिदिक खड्काले प्रत्युत्तर एक गोल गरेका थिए । म्यान अफ द म्याच भने सीसीएसकै रिदिक खड्का चुनिएका छन् ।

Dengue


आजको अन्तिम खेल आयोजक अर्किड ए र भीमेश्वर बीच भएको थियो । खेलको निर्धारित समयमा भिमेश्वरका रुपेश थापाको २ गोल र आर्यन खड्काको १ गोलको अर्किडका संगित बोगटीले २ गोल र सुमन खड्काले १ प्रत्युत्तर गोल गरेर खेललाई रोमाञ्चक रुप दिदै ट्राइब्रेकरसम्म पुर्याए । ट्राइब्रेकरमा ५–३ गोल अन्तरले भिमेश्वर क्वाटर फाइनल पुग्न सफल भयो । म्यान अफ द म्याच भने अर्किडका संगित बोगटी बन्न सफल भएको अर्किडका शिक्षक नरेन्द्र प्रसाद पाण्डेयले जानकरी दिए ।

क्वाटर फाईनलका खेल भोलि हुनेछन् । जसमा पहिलो खेल भिमेश्वर स्कुल र सांग्रीला स्कुलबीच हुनेछ भने दोस्रो खेल हाईली क्रेटिभ स्कुल र मनकामना स्कुलबीच हुनेछ । यस्तै तेस्रो खेल नेक्सस स्कुल र कौटिल्य स्कुल बीच हुनेछ भने चौथो खेल निर्मल ज्योती स्कुल र माउण्ट सेव स्कुलबीच हुने आयोजक अर्किड स्कुलले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार