सरकार र आन्दोलनरत यातायात मजदुरबीच सिंहदरबारमा वार्ता

काठमाडौँ – सरकारले आन्दोलनरत यातायात मजदुरसँग वार्ता सुरू गरेको छ। आज बिहान सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता भएको हो। वार्तामा आन्दोलनरत यातायात मजदुरका प्रतिनिधि छन् भने सरकारका तर्फबाट उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायत मन्त्रालयका कर्मचारीहरू छन्।

ट्राफिक जरिवानामा गरिएको वृद्धिलगायत विरोधमा यातायात मजदुर आन्दोलनमा छन्। यातायात मजदुरहरूले सोमबार आन्दोलन गर्दै प्रहरीका दुई भ्यानसमेत आगजनी गरेका थिए। आज बिहानैदेखि यातायात मजदुरहरूले काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन सञ्चालन गरेका छैनन्। जसले गर्दा यात्रु समस्यामा परेका छन्।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार