बिहानै देखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प

काठमाडौं – यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराएका छन् ।

सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै यातायात नचलाउने घोषणा गरेका हुन् । १० बुँदे माग पूरा नभएसम्म यातायात ठप्प पार्ने विज्ञप्तिमा उल्लेख गरिएकाे छ । ट्राफिकले ५ पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध व्यावसायीहरुहले साेमबार काठमाडौंको बालाजु क्षेत्रमा प्रदर्शन गरेका थिए ।

Dengue

प्रदर्शनकारीले प्रहरीका दुई वटा भ्यानका साथै माछापोखरीस्थित अस्थायी प्रहरी विटमा आगजनी गरेका छन् । त्यस्तै प्रदर्शनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेका डिभाइडर, ट्राफिक प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् । यसैबीच, आन्दोलनरत यातायात मजदुरसँग मंगलबार सरकारी अधिकारीहरुले वार्ता गर्ने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहान ८ बजे वार्ताका लागि बाेलाइएको यातायात विभागले जनाएकाे छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार