यातायात मजदुरको आन्दोलन नियन्त्रण बाहिर, वार्तामा आउन सरकारको अनुरोध

काठमाडौं – काठमाडौंको बालाजु, नयाँ बसपार्क क्षेत्रमा यातायात मजदुरले गरेको आन्दोलन नियन्त्रण बाहिर पुगेको छ । आन्दोलनमा भिड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै समेत तोडफोड गरेको छ । आन्दोलित भीडले माछापोखरीमा सडकमै प्रहरीको दुईवटा गाडीसमेत जलाएको छ ।

सरकारले आन्दोलित यातायात मजदुरलाई वार्तामा बोलाएको छ । सोमबार विभिन्न माग राख्दै यातायात मजदुरका संघ, संगठनहरुले बालाजु बसपार्क क्षेत्रमा आन्दोलन गरेपछि विभागले वार्ता आह्वान गरेको हो ।

Dengue

विभागका महानिर्देशक तुल्सी गौतमले सबै समस्याहरु वार्तामार्फत समाधान गर्न सकिने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेर मंगलबार विहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि आउन आन्दोलनरत पक्षलाई आह्वान गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार