आफ्नै आमाको हत्या आरोमा छोरा बुहारी पक्राउ

तनहुँ – तनहुँको बन्दीपुरमा ८४ वर्षकी वृद्धाको हत्या आरोपमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । बन्दीपुर गाउँपालिका- ३ शेराटारमा ८४ वर्षकी माया सर्किनीको हत्या आरोपमा छोरा ४७ वर्षका राज कुमार सार्की र बुहारी ३५ वर्षकी सुशीला मजकोटीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता मोहन बहादुर खाँणले जानकारी दिए ।

सोमबार बिहान गाई गोठमा आगो लगाएको अवस्थामा प्रहरीले मायाको शव भेटेको थियो । गोठमा शव जलाउने क्रममा वस्तुभाउ पनि मरेको छ । तनहुँका प्रहरी प्रमुख एसपी अवदेश बिष्ट क्षेत्रीले प्रारम्भिक अनुसन्धानमा छोरा बुहारी मिलेर हत्या गरेको देखिएको बताए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार