सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा विश्वासको मत जुटाउने जिम्मा सभापति बलायरलाई

काठमाडौँ – नेपाली कांग्रेस सुदूरपश्चिमले मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा विश्वासको मत जुटाउनका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी सभापति वीरबहादुर बलायरलाई दिएको छ।

कैलाली सदरमुकाम धनगढीमा आइतबार बसेको प्रदेश कार्यसमिति बैठकले नवनियुक्त मुख्यमन्त्री शाहको पक्षमा विश्वासको मत जुटाउनका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी प्रदेश सभापति बलायरलाई दिने निर्णय गरेको सहमहामन्त्री अम्बिका चलाउनेले जानकारी दिइन् ।

Dengue

बैठकमा तीन वटा एजेन्डामा छलफल भएकाे सहमहामन्त्री चलाउनेले बताइन् । ‘पहिलो एजेन्डा विश्वासको मतबारे थियो र  मुख्यमन्त्रीज्यूको पक्षमा विश्वासको मतका लागि अन्य पार्टी र नेतृत्वसँग छलफल, समन्वयको जिम्मेवारी सभापतिज्यूलाई दिने निर्णय गर्यौं।’ उनले भनिन् ।

कांग्रेसको प्रदेश संसदीय दलका नेता शाह गत बिहीबार संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसेपछि ठूलो दलको नेताको हैसियतमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

सहमहामन्त्री चलाउनका अनुसार प्रदेश कार्यसमिति बैठकले विभागहरुलाई पूर्णता दिने र जिल्ला कार्यसमितिहरुले निर्वाचनको समीक्षा गरेर आगामी फागुन १५ गतेसम्म प्रतिवेदन बुझाउनुपर्ने पनि निर्णय गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार