बैंक तथा बित्तीय संस्थाहरुको ज्यादती विरुद्ध विभिन्न व्यवसायिक महासंघ तथा संघहरु एकजुट

काठमाडाैं – बैंक तथा बित्तिय संस्थाहरुको चर्काे ब्याजदर तथा ज्यादतीपूर्ण कार्यको विरुद्ध विभिन्न व्यवसायिक महासंघ तथा संघहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन् । आइतबार काठमाडौँको रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै विभिन्न आठ वटा व्यवसायी महासंघ र ३५ बढी संघहरुले पत्रकार सम्मेलन गर्दै व्यवसाय सञ्चालनमाथि परेको मारका बारेमा खबरदारी गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल यातायात्र व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ, नेपाल मोबाइल व्यवसायी महासंघ, ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपाल, सार्वजनिक यातायत केन्द्रीय महासंघ नेपाल र होटल व्यवसायी महासंघका अध्यक्ष तथा प्रतिनिधि सहभागी भएका थिए । यसैगरी नेपाल व्यापार संघ लगायतका ३५ बढी संघहरुले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै व्यवसायमा देखिएका समस्या तथा बैंक तथा बित्तीय संस्थाहरुको ज्याजती विरुद्ध चर्काे आवाज उठाएका थिए ।

महाभूकम्प, कोरोना महामारी, अन्तराष्ट्रिय आर्थिक मन्दी एवं सरकार तथा सम्वन्धित निकायको गैर जिम्मेवारी पूर्ण निति र व्यवहारका कारण देशको अर्थतन्त्र तहस नहस भई संकटग्रस्त वन्न पुगेको अवस्थामा व्यवसायी तथा व्यापारी माथिको ज्याजती सहन नसक्ने चेतावनी दिएका छन् । बैंकिङ व्याजदर १ अंकमा कायम गर्नुपर्ने, बंैकिङ व्याजदरमा एकरुपता कायम गर्नुपर्ने, अवस्था सामान्य नहुन्जेल धितो लिलामी बन्द गर्नुपर्ने, सहुलियत कर्जा १५ लाखबाट २५ लाखसम्म कायम गर्नुपर्ने, बंैक तथा वित्तीय क्षेत्रले गर्ने लगानी कम्तीमा ५० प्रतिशत साना तथा मझौला व्यवसायीमा गर्नुपर्ने, ब्याज स्प्रेडदर बढीमा २ प्रतिशत कायम गर्नुपर्ने, कर्जा सेवा शुल्क शुन्य दशमलव दुई पाँच प्रतिशत भित्र कायम गर्नुपर्ने तथा ओभर ड्राफ्टलाई सहज र सरलिकरण गरिनुपर्ने र संकटग्रस्त व्यवसायीको पहिचान गरि आर्थिक राहत प्याकेज प्रदान गर्नुपर्ने लगायतका माग राखि पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

Dengue

मुलत ः देशको अर्थतन्त्र चलाउने निकायले सिमित घेरा भित्र रहेको समूहको स्वार्थमा केन्द्रितरहेर काम गर्नाले नै यस्तो परिस्थीतीको सिर्जना भएको हो र यसको प्रत्यक्ष मार भने साना तथा मझौला उद्योगी व्यवसायी वर्गले भोग्नु परेको र जसका कारण आज देशमा उद्योग धन्दाबन्द हुने र रोजगारी गुम्न पुगी बैदेशीक रोजगारीमा श्रम बेच्नु परेको उपस्थित बक्ताहरुले धारणा राखेका थिए । देश विकासमा लगाउनु पर्ने दक्ष श्रम बिदेश पलायन हुनु परेपछि देशको आर्थिक उन्नती कहिले र कसरी होला भन्ने प्रश्न राखेका थिए ।

देशको अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा रहेको सम्पूर्ण उद्योगी व्यवसायीहरु आफनो पेशा व्यवसायबाट पलायन हुने अवस्था आउनुमा बैंक तथा वित्तिय क्षेत्रको अव्यवहारिक गलत निति,निजि स्वार्थ, सरकारले दिर्घकालिन उत्पादनमुखी अर्थतन्त्र तर्फ प्राथमिकता नदिनु एवम् मुलुकमा रहेका राजनैतिक दलहरुको गैर जिम्मेवारीपुर्ण कार्य शैली नै प्रमुख कारण रहेको बताएका थिए ।

अर्थ निति र सिर्जित परिस्थितीले नै व्यवसायी निराश भइ आत्महत्या गर्ने बाटो रोज्न पुगिरहेका छन् । यस किसिमको भयाभव र विकराल अवस्थाको अन्त्यका लागिसरकार, सम्बन्धित निकाय यथासिघ्र व्यवसायी वातावरणको बाटो तर्फ उन्मुख निति लिई कार्यान्वयनको दिशामा लाग्न ध्यानकर्षण गराएका थिए । सोही उद्देश्यका लागि देशकोअर्थतन्त्र जोगाउन र गरिखाने बातावरणको लागि बाध्य भइ सम्पुर्ण उद्योगी व्यवसायीहरुको संयुक्त माग सहित देशकै प्रमुख ब्यवसायीक महासंघ तथा संघहरु सडक र संघर्षमा उत्रिएका बताएका थिए । तत्काल मागहरु सम्बोधन नभए थप सधघर्षका कार्यक्रम सहित,बैक तथा वित्तिय संस्था संगको आर्थिक कारोवार बन्द गरी उद्योग, पसल तथा व्यवसायिक प्रतिष्ठानका ताला चाबी सरकार वा सम्बन्धित निकायलाई बुझाइने चेतावनी दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार