सातौँ अर्किड कप : दोस्रो दिन ६ वटा खेलहरु सम्पन्न, यी हुन् विजेता स्कुलहरु !

सातौँ अर्किड कप जुनियर फुटबल प्रतियोगिता छनौट खेलहरु अन्तरगत आज दोस्रो दिन ६ वटा खेलहरु सम्पन्न भएका छन् । आजको पहिलो खेलमा साँग्रीला स्कुलले लाईसियमलाई ४–२ गोल अन्तरले पराजित गर्यो । साँग्रीलाका गम्भीर तामाङको ह्याट्रिक गोलले साँग्रीलालाई सफलता दिलायो भने लाईसियमका दिपेन थापा मगर र सञ्जिल मगरले एक–एक गोल गरेका थिए ।

दोस्रो खेलमा मोनास्टिकले ग्लोबललाई २–० गोलले हरायो । तेस्रो खेलमा बेष्ट भिजन ग्रुपलाई सिसिएसले १–०ले पछि पार्दा चौथो खेल भने आयोजकले वाक ओभरबाट सहज जित निकाल्यो । आजको पाँचौ खेलमा नेक्ससले विद्यावाणी स्कुललाई ६–० गोलले हरायो । आजै सम्पन्न भएको छैटौ खेलमा दर्शना स्कुललाई साँग्रीला स्कुुलले ७–० गोल अन्तरले हराएको छ । अर्किड कपको तेस्रो दिन ५ वटा खेलहरु हुने आयोजकले बताएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार