सातौं अर्किड कप : अर्किड ‘ए’, भीमेश्वर स्कुल र गोल्डेन वड स्कुल विजयी

काठमाडौं – सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिता अन्तर्गत आज उद्घाटन खेलमा तीन खेल भएक छन् । काठमाडौँको गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा आज पहिलो खेल अर्किड ‘ए’ र गोठाटार स्कुल बीच भएको हो । जसमा अर्किड ‘ए’ १-० गोल अन्तरले विजयी भएको छ । अर्किडका सुमन खड्काले निर्णायक गोल गरेका थिए । गोठाटार स्कुलका मनिष दाहाल भने म्यान अफ द म्याच भए ।

यसैगरी आजै भएको दोस्रो खेल मनांक प्याराडाइज स्कुल र भीमेश्वर स्कुल बीच भएको छ । जसमा भीमेश्वर ३-० गोल अन्तरले विजयी भएको छ। भीमेश्वरका रूपेश श्रेष्ठको ह्याट्रिक गोलले खेल जिताउन सफल भए । मनांक स्कुलका निरान थापा मगर म्यान अफ द म्याच घोषित भए ।

Dengue

यसैगरी आजै भएको तेस्रो खेल गोल्डेन वड स्कुल र सनराईज स्कुल बीच भएको छ । जसमा गोल्डेन वड स्कुल ३-१ गोल अन्तरले विजयी भएको छ । सनराईजका निकेश तामाङले एक गोल गरे भने गोलेडेन वडका रोशन खड्का, रोनिस श्रेष्ठ र सुजल तामाङले एक/एक ग‍ोल गरि खेल जिताउन सफल भए ।  यसैगरि म्यान अफ द म्याच सनराईजका निकेश तामाङ भएका छन् ।

यसैगरी भोलि हुने खेलमा छ टीम स्कुल सहभागी हुनछन् । ६ खेलमा पहिलो खेल सांग्रीला स्कुल र लाईसियम बीच हुनेछ भने दोस्रो खेल मोनाष्टिक स्कुल र ग्लोबल पब्लिक स्कुलबीच हुनेछ । यस्तै तेस्रो खेल गुहेश्वरी स्कुल र अर्किड ‘बी’ बीच हुनेछ । चौथो खेल सी सी एस र बेष्ट ग्रुप भीजन स्कुलबीच हुनेछ भने पाँचौ खेल एकलब्य स्कुल र प्रीतिमा स्कुलबीच हुनेछ । यसैगरी छैटौं खेल नेक्सस स्कुल र बिद्यावाणी स्कुलबीच हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार