टर्कीमा ७‍.८ रेक्टर स्केलको भूकम्प, १७ जनाको ज्यान गएको पुष्टि, सङ्कटकाल घोषणा

टर्कीको दक्षिणी क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा परी १७ जनाको ज्यान गएको पुष्टि भएको छ ।

अझै कयौँ मानिस फसिरहेकाले गर्दा ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्पका कारण कयौँ घरहरु भत्किएका बीबीसीले जनाएको छ । उद्धारकर्ताहरुले खोज तथा उद्धारको काम गरिरहेका छन् ।

Dengue

टर्कीका आन्तरिक मन्त्री सुलेमन सोयलुका अनुसार भूकम्पबाट १० वटा सहरमा असर परेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । टर्की सरकारले भूकम्पपछिको उद्धार र व्यवस्थापनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार