रास्वपा चितवन जिल्ला सभापति सापकाेटाले गरे पार्टी पारित्याग, पार्टिभित्र अराजकता बढेको आरोप

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकाेटाले पार्टी पारित्याग गरेका छन् । पार्टीभित्र केही व्यक्तिकाे मनाेमानी चलेकाे राणा शासन जस्ताे गरी पार्टीलाई अघि बढाउन खाेजेकाे भन्दै उनले असन्तुष्टि पाेख्दै पार्टी पारित्याग गरेका हुन् । सापकाेटाले पार्टीभित्र बाेल्ने अधिकार पनि नदिने गरिएकाे बताए । आम जनताकाे अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खाेजिएकाले आफूले राजीनामा दिएकाे उनले बताए । अब आफू स्वतन्त्र रहने समेत उनले बताए । सापकाेटाले रवि लामिछानेलाई गत आम निर्वाचनमा चिनवन-२ बाट जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । सापकाेटा लामिछानेकाे विश्वास पात्रका रुपमा चिनिएका थिए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार