कैलालीको गौरीगंगा नगरपालिका- ६स्थित बनबेहडामा निशुल्क आँखा शिबिर सम्पन्न

कैलाली – कैलालीको गौरीगंगा नगरपालिका ६-स्थित आधारभूत स्वास्थ्य केन्द्र बनबेहडामा निशुल्क आँखा शिबिर आइतबार सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको आयोजना,च्यारिटी हेल्थ फाउन्डेसन नेपाल,धगगढी नेत्रालय प्रा.लि.को प्राविधिक सहयोग तथा गौरीगंगा नगरपालिका कार्यालय चौमलाको आर्थिक सहयोगमा सो शिबिर संचालन भएको हो । शिबिरमा १ सय ५२ जना पुरुष र ३ सय १३ जना महिला गरि ४ सय ६५ जनाले आँखाको उपचार सेवा पाएका थिए। आँखामा मोती बिन्दु समस्या भएका ७३ जना बिरामीलाई धनगढी नेत्रालय प्रा.लिमा अप्रेसनको लागि प्रेषण गरिएको छ ।

Dengue

आँखा जाँच गरिएका १ सय २ जनालाई चस्मा र ४ सय ६५ जनालाई निशुल्क औषधि बितरण गरिएको थियो । वडा ६ को आँखा शिबिर उद्घाटन कार्यक्रम प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका नगर प्रमुख देवीदत्त कडेलले आगामी दिनमा सबैसँग समन्वय र सहकार्य गरि गौरीगंगाबासी स्वस्थ्य रहन स्वास्थ्य शिबिर संचालन गर्न सहयोग गर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखा सभापति छ्त्र बहादुर बमको सभापतित्वमा सप्पन्न भएको कार्यक्रममा वडा न ६ वडा अध्यक्ष टेक बहादुर कुवर,रेडक्रसकर्मी,स्वास्थ्यकर्मी,महिला स्वंयसेविका तथा समाजसेबी लगाएतको सहभागिता रहेको थियो । शिबिरमा धगगढी नेत्रालय प्रा.लि.का नेत्र सहायक केशब मास्की र शशी बुढाको टोलीले आँखा जाँच गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार