फिजम फुटवल : अर्किड स्कुल, कायक स्कुल र मोनाष्टिक स्कुल विजयी

काठमाडौं – फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिताको दोस्रो दिन आज तीन समुहबीच खेल भएको छ । जसमा आज पहिलो खेल स्वर्णीम तारा विद्या सदन र अर्किड स्कुल बीच भएको छ । जसमा अर्किड प्युपल स्कुल २–० गोलअन्तरले विजयी भएको छ । स्वर्णीम तारा स्कुलले कुनै गोल गर्न सकेन् । पहिलो हाफमा मनुप खड्काले १२ मिनेटमै गोल गरेर खेललाई आफ्नो पोल्टामा ल्याउन सफल भए । यसैगरी दोस्रो हाफको ३० औँ मिनेटमा सृजन कार्कीले गोल गरेर खेलमा जीत हासिल गरे ।

Seti Hospital

यस्तै दोस्रो खेल माउण्ट सेव स्कुल र कामयक स्कुल बीच भएको छ । जसमा कायक स्कुल १–० ले बीजयी भएको छ । दोस्रो हाफको ११ औँ मिनेटमा प्रतिकले गोल गरेका थिए । यसैगरी आजै भएको तेस्रो खेलमा मोनाष्टिक पब्लिक स्कुल र ग्लोबल पब्लिक स्कुल भिडेका छन । खेल अवधिमा ग्लोबलले कुनै गोल गर्न सकेन भने मानिष्टिक स्कुल भने २–० गोल अन्तरले विजयी भएको छ । जसमा ओसमान तामाङ र सन्दिप खड्काले गोल गरेका थिए ।

यसैगरी अर्किडका मनुप खड्का, मोनाष्टिक स्कुलका निचल दाहाल म्यान अफ द म्याच भएकाे भएको कार्यक्रम संयोजक तथा सचिव सुनिल केसीले बताउनुभयो । भाेली भीभीएम स्कुल र न्यू भीजन स्कुल बीच खेल हुने जनरल कोअर्डिनेटर ज्ञानु श्रेष्ठले जानकारी दिनुभयो ।

फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिता : बेष्ट ग्रुप भीजन स्कुल ३–० ले विजयी

फिजम ग्रामर इन्टर स्कुल फुटवल : लाइसिमय स्कुल, नेक्सस स्कुल र ग्रामर स्कुल विजयी

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार