सातौँ अर्किड कप अन्तरविद्यालय फुटवल माघ २७ बाट सुरू हुने

काठमाडौं – सातौँ अर्किड कप अन्तरविद्यालय फुटवल प्रतियोगिता आयोजना हुने

भएको छ । माघ २७ गतेबाट सुरू हुने उक्त प्रतियोगितामा ३२ विद्यालयका छात्र टीमको सहभागीता रहनेछ ।
कागेश्वरी मन‍ोहरा नगरपालिकाको गोठाटारमा रहेको अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा हुने उक्त प्रतियोगितामा अधिकतम ३२ टीम रहने त्यो भन्दा बढी टीमलाई सहभागी नगराउने अर्किड स्कुलका संस्थापक प्रेम कुमार भुजेलले जानकारी दिनुभयो ।
सेभेन ए साईडको आधारमा खेलाईने उक्त प्रतियोगितामा उत्कृष्ट चार टीमले नगद सहित ट्रफि पाउने छन् । जसमा प्रथम हुनेले ३० हजार द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र चौथो हुनेले ५ हजार नगद प्राप्त गर्नेछन् ।
प्रतियोगिताका सम्पूर्ण खेल आयोजक अर्किड स्कुलको मैदानमा हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार