भारतीय क्रिकेटर ऋषभ पन्त सडक दुर्घटनामा परि गम्भीर घाइते

काठमाडौं – भारतको उत्तराखण्डको रुर्कीमा शुक्रबार भएको कार दुर्घटनामा परी क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार क्रिकेटर ऋषभ पन्तको कार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किएको हो । दुर्घटनापछि कारमा आगलागीसमेत भएको छ । उक्त दुर्घटनामा ऋषभ पन्त गम्भिर घाइते भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार यो घटना रुडकी सीमा नजिक भएको हो ।

Dengue

दुर्घटनाको जानकारी दिँदै स्थानीय प्रहरी अधिकारी स्वप्ना किशोरले भने, ‘ऋषभ पन्तको कार हरिद्वार जिल्लाको मंगलोर र नरसनको बीचमा दुर्घटनामा परेको थियो । रुडकी सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार