दार्चुला – कालापानी सिर्जनशिल पत्रकारिता पुरस्कार २०७९ सुन्दरसिह धामीलाई प्रदान गरिएको छ। मिडिया विकास समाज नेपालले दार्चुलामा क्रियाशीलमध्ये सृजनशील पत्रकारलाई हौसला प्रदान गर्न प्रत्येक वर्ष प्रदान गर्ने कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार धामीलाई दिइएकाे हाे । धामी लिम्पियाधुरा रास्ट्रिय साप्ताहिक पत्रिकाका प्रकाशक ,सम्पादक एवम अन्नपूर्ण पोष्ट दैनिक दार्चुलाका सम्वाददाता र नेपाल पत्रकार महासंघ दार्चुला शाखाका सचिवसमेत हुन् ।
सुशासन, पारदर्शिता, जवाफदेही र सञ्चारको क्षेत्रमा क्रियाशील नागरिक संस्था मिडिया विकास समाज नेपालले सृजनाशील पत्रकारलाई प्रोत्साहन गर्न एक लाखको अक्षय कोषको स्थापना गरी हरेक वर्ष कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
पुरस्कारको राशी ५ हजार १ सय ५१ रुपैयाँ रहेको संस्थाका अध्यक्ष पदम बडालले बताए । पत्रकारितामा लागेको एक दशकपछि पत्रकार धामी सिर्जनशील पत्रकारिता पुरस्कारद्धारा सम्मानित भएका हुन् । २०६८ सालदेखि मिडिया विकास समाज नेपाल दार्चुलाले सिर्जनशील पत्रकारलाई प्रदान गर्दै आएको छ । यो पुरस्कारबाट हालसम्म २०६८ सालमा पत्रकार लोकेन्द्र बम, ०६९ मा बीरेन्द्र महरा, ०७० सालमा कृष्णसिंह धामी पुरस्कृत भएका थिए । यस्तै, ०७१ मा भागरथी भट्ट, ०७२ मा मनोज बडु, ०७३ मा किरण धामी, ०७४ मा लोकेन्द्र जोशी, ०७५ मा सन्तोष कोट्टारी र ०७६ मा रामसिंह धामी तथा ०७७ मा विरादत्त भट्ट र ०७८मा लक्ष्मण सिह धामी लाई उक्त पुरस्कार प्रदान गरिएको छ । २०६८ सालदेखि हाल सम्म १२ जना पत्रकारलाई यो पुरस्कार प्रदान गरिएको मिडिया विकास समाज नेपाल दार्चुलाले जनाएको छ ।


 
                     
			
 
					 
					 
					 
					 
					

 
                     
                     
                     
                     
                     
                    
प्रतिक्रिया दिनुहोस्