हत्या गरेको अभियोगमा पक्राउ

संखुवासभा, खादबारी नगरपालिका-९ सागुरी बस्ने ४० वर्षीय अमल कुमालको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय देबेन्द्र कुमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यही मंसिर १९ गते मादक पदार्थ सेवन गरिरहेको अवस्थामा उनीहरुबीच बादबिवाद भई देबेन्द्रले ढुङ्गा प्रहार गर्दा घाइते भएका अमल कुमालको मंगलबार राति जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Seti Hospital

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार