चर्चित निर्देशक होम धितालको निर्देशनमा मौलिक गीत ‘जमुना’ सार्बजनिक

काठमाडौँ – चर्चित निर्देशक होम धितालको निर्देशनमा मौलिक गीत ‘जमुना’ सार्बजनिक भएको छ । शुक्रबार ‘माधव भण्डारी’ युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो । भिडियोमा सर्वप्रिय नायिका रेजिना उप्रेती र सुन्दर खवासको अभिनय देख्न सकिन्छ । भिडियोको सम्पादन अति व्यस्त सम्पादक रोशन धितालले गरेका हुन् । गीतमा कोरियोग्राफी भने शिव विकले गरेका छन् । गीतको छायांकन तथा ड्रोन अपरेटरमा मरुभुमी नारायण छन् । गीतको पोष्ट प्रोडक्सन धिताल फिल्मसले गरेको हो ।
गीतमा सर्वप्रिय गायक माधव भण्डारी र आशा उपारकोटीको स्वर रहेको छ । गीतमा लय, शब्द माधव भण्डारीकै रहेको छ भने गीत एरेन्ज पनि माधव भण्डारीले गरेका छन् । दिपक विसी रेकर्डिस्ट रहेको यस गीतमा मिक्स मास्टर भने डिका गुरुङ रहेका छन् । डिजिटल काठमाडौँ स्टुडियोमा गीत रेकर्डिङ भएको हो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार