स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङको जित सुनिश्चित

स्याङ्जा – प्रतिनिधि सभातर्फ मतगणना भइरहेको स्याङ्जाको क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित सुनिश्चित भएको छ ।

गुरुङ नेकपा एमालेका उम्मेदवार पद्मा अर्यालभन्दा ५ हजार ९ सय ७५ मतले अगाडि हुनुहुन्छ । गुरुङले २९ हजार ५ सय ६६ र अर्यालले २३ हजार ५९१ मत प्राप्त गर्नुभएको छ । अब गणना गर्न बाँकी मत ४ हजार ८ सय ७१ छ । चापाकोट नगरपालिकाको वडा नं– ८,९ र १० मात्र गणना हुँन बाँकी रहेको छ । स्याङजा–२ मा मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि १० दिनसम्म गणना रोकिएको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार