पूर्वगृहराज्यमन्त्री कँडेललाई हराउदै राप्रपा उपाध्यक्ष प्रधान विजयी

पश्चिम नवलपरासी – राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई हराएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रधानले कँडेललाई पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाट १५ हजार ३६५ मतान्तरले हराएका हुन् । प्रधानले ३४ हजार ९५९ तथा कँडेलले १९ हजार ५९४ मत प्राप्त गरे । एमालेका दीपेन्द्र अधिकारीले १४ हजार ४९८ मतमा चित्त बुझाएका छन् । प्रधान नेपाल प्रहरीका पूर्वआइजीपी पनि हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार