चीनको एक कारखानामा आगलागी हुँदा ३६ जनाको मृत्यु

काठमाडौँ – चीनको हेनान प्रान्तको एक कारखानामा सोमबार दिउँसो आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता रहेको बताइएको छ ।

समाचार एजेन्सी एएफपीले स्थानीय संगठनहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । चिनियाँ समाचार एजेन्सीले पनि यसबारे जानकारी दिएको छ । चीनमा आगलागी नियन्त्रण नियमको अवहेलनाका कारण औद्योगिक कलकारखानामा आगलागीका घटनाहरु पछिल्लो समय धेरै नै सार्वजनिक भइरहेका छन् ।

SHIKHAR COOL TECH

सन् २०१९ को मार्चमा सांघाईबाट २६० किलोमिटर टाढा रहेको रासायनिक कारखानामा विस्फोट हुँदा ७८ जनाको मृत्यु भएको थियो ।यसअघि सन् २०१५ मा उत्तरी तियान्जिनमा रहेको एक रासायनिक गोदाममा विस्फोट हुँदा १६५ जनाको मृत्यु भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार