बसले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

काठमाडौँ – झापामा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । मंगलबार दिउँसो कन्काई नगरपालिका वडा नम्बर ७ स्थित दुर्गापुरमा को १ ख ६७९४ नम्बरको बसले मे ७ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने नरेन्द्र मैनाली र पछाडी सवार उनकै श्रीमती सीतादेवी मैनालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते अवस्थामा उनीहरुलाई अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले बस चालक मोरङ सुन्दरहरैचाका भुपाल देवानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार