बझाङ घर भएकी एक युवती भारतको ब्याङ्लोरमा मृत फेला

बझाङ – बझाङको थलारा गाउँपालिका घर भएकी एक युवती ब्याङ्लोरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । भारतको ब्याङ्लोर भिपिपुरममा बस्दै आएका थलारा गाउँपालिका-६ पिखेत घर भएका गणेश थापाकी कान्छी छोरी १७ वर्षीया आयुसु थापा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनी कलेजबाट फर्किपछि नुहाउँन जान्छु भन्दै कोठाबाट निष्ककी र घरको पछाडि पट्टी झुण्डिएको अवस्था सोमबार बेलुकी मृत फेला परेकी मृतका मामा पदम धामीले जानकारी दिए । उनलाई झुण्डिएको अवस्थामा उनीकि दिदी आर्जु थापाले फेला पारेकी थिइन् । उनका अनुसार आयुसु ब्याङ्लरमै स्टाफ नर्स बढिरहेको थिइन् । घटनाको कारण भने खुल्न सकेको छैन । उनको सब परिवार रोजगारीका सिलसिलामा विगत केही वर्षदेखि ब्याङ्लोरमै बस्दै आएको छ ।

धनगढी सूचना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार