निर्वाचनका कारण त्रिविका क्याम्पस र कार्यालय तीन दिन बन्द

काठमाडौं – आगामी मंसिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् ।

त्रिवि रजिष्ट्रारको कार्यालयले शुक्रबार एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मंसिर १, २ र ५ गते विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको हो । त्रिविका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको, त्रिविका प्राध्यापक तथा कर्मचारी निर्वाचनमा खटिएको र केही क्याम्पसमा मतगणना गर्ने केन्द्रसमेत राखिएको हुँदा ती दिन बिदा दिने निर्णय गरिएको हो ।

Seti Hospital

बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले निर्वाचनका कारण विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने भन्दै क्याम्पस तथा कार्यालयमा बिदा दिने निर्णय गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार