नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ (१)मा मानबहादुर लिम्बूले गरे मनोनयन दर्ता

मोरङ– नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ (१)मा मानबहादुर लिम्बूले मनोनयन दर्ता गर्नुभएको छ । कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएपछि लिम्बूले मनोनयन दर्ता गर्नुभएको हो । उहाँले निर्वाचन आयुक्त कार्यलय बेलबारी मोरङमा मनोनयन दर्ता गर्नु भएको छ ।

प्रदेश नं १ का वन, पर्यटन तथा भू–संरक्षणमन्त्री एवं मोरङ क्षेत्र नं ३ ‘१’का प्रदेशसभाका उम्मेदवार थापाको उपचारका क्रममा निधन भएको थियो । मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखराका बासिन्दा ५८ वर्षीय थापाले गत असोज २३ गते निर्वाचनको मनोनयन दर्तापश्चात् स्वास्थ्यमा समस्या देखिएको थियो । थापाको स्वास्थ्यमा निमोनिया र पायल्ससमेत देखिएपछि उपचारका काठमाडौँको ह्याम्स अस्पताल लगिएको थियो । थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार