कञ्चनपुरमा केपी ओलीको सम्बोधन उत्तेजक भन्दै भीम रावलको आपत्ति

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी ओलीले कञ्चनपुरमा गरेको चुनावी सम्बोधनप्रति आपत्ति जनाएका छन्।

कञ्चनपुरको चुनावी सभामा ओलीले उत्तेजना प्रस्तुत गरेको भन्दै रावलले आपत्ति जनाएका हुन्। त्यस सभामा ओलीले बोल्दै गर्दा रावलको पक्षमा नाराबाजी भएको थिय‍ो। भीडबाट भीम रावलको पक्षमा नाराबाजी भएपछि ओलीले आक्रोशित हुँदै ‘सुदूरपश्चिममा धेरै रावल रहेकाले बूढो भीम रावलको चिन्ता नगर्न’ भनेका थिए।

Dengue

यसमा आपत्ति जनाउँदै रावलले ओलीलाई भनेका छन्, ‘म ६७ वर्ष लागेकालाई बूढो भन्ने हो भने ७० वर्ष कटिसकेका ओलीजी सांसद र फेरि प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो?’

सुदूरपश्चिममा भीम रावलले मात्रै अवसर पाउनुपर्ने कारण नरहेको भन्ने ओलीलाई उनले ‘केपी ओलीले मात्रै अवसर पाउनुपर्ने कारण नरहेको’ जवाफ दिएका छन्। ‘स्मरण रहोस्, अछाम जिल्ला र देशैभर ब्राह्मण र क्षेत्री गरी थुप्रै ओली छन्। तिनलाई एमालेमा तत्काल अध्यक्ष किन नबनाउने?’ रावलको प्रश्न छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार