चर्चित गायिका रेखा जोशीको स्वरमा रहेको “शिरफुल” गीतको भिडियो सार्वजनिक

काठमाडाैं – चर्चिक गायिका रेखा जोशीको एकल स्वरमा रहेको शिरफुल गीतको भिडियो सार्वजनिक भएको छ । राजेन्द्र भट्ट (मिस्टर आरजे) को लय संगीत रहेको उक्त गीतमा लक्ष्मी बर्देवा, जीवन भट्टराई, अस्वीनी वर्देवाले अभिनयको भूमिका निर्वाह गरेका छन् ।
बुद्ध लामाको छायांकनमा रहेको उक्त गीतमा सम्पादन विष्णु खड्काले गरेका छन् ।

लक्ष्मी वर्देवा र जीवन भट्टराईले निर्देशन गरेको उक्त भिडियोलाई सूष्मा निरौलाले प्रोडस्न गरेका छ । भिडियोमा ड्रोन भिडियोको लागि विशाल सापकोटाले भूमिका निर्वाह गर्नुभएको छ भने मेकअप सहयोगीमा सुष्मा परियार रहनुभएको छ ।

Dengue

प्रीश्मा स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा सन्तोष दंगालले रेकर्ड गरेका छन् । कहिले माया नमारे, दोधारैमा नपारे, क्या रिसाउन्छौँ घरीघरी, खुसी राख्लो जुनीजुनी, आफ्नो बाटो हेरि लगायतका मार्मिक शब्द समावेश गरिएको भिडियो अपलोड भएको छोटो समयमा आम दर्शकले अत्यधिक रुचाएका छन् । सुदूरपश्चिमकी महिलाले काठमाडौंमा रहेका आफ्ना श्रीमानलाई सम्झिएर व्यक्त गरेको भावना गीतमा समावेश गरिएको छ ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार