सन्दीप लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता थापाले पनि बहस गर्ने

काठमाडौं – बलात्कारको आरोप लागेका सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस बन्द इजलासमा जारी छ। अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी र सुवास पाठकले सन्दीपको पक्षमा बहस गरेका छन् ।

उनको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा पनि थपिएका छन् । अब लव मैनाली, रमण श्रेष्ठ र शम्भु थापाले बहस गर्न बाँकी छ। यसअघि थुनछेक बहसको पहिलो दिन बुधबार जाहेरवालाको तर्फबाट ७ जना र सन्दीपको पक्षबाट २ जनाले बहस गरेका थिए । सन्दीपका कानून व्यवसायीले बहस सकेपछि सरकारी वकिलले फेरि छोटो बहस गर्नेछन् र त्यसपछि न्यायाधीश घिमिरेले थुनछेकको आदेश गर्नेछन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार