हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – काठमाडौं बिशालबाजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत नयाँदिल्ली ठेगाना भई काठमाडौं ठमेल बस्ने ५० वर्षीय कमल कान्त कुल्थिया, सप्तरी राजविराज ठेगाना भई काठमाडौं नक्साल बस्ने ६७ वर्षीय निर्मल कुमार अग्रवाल र भारत राजस्थान ठेगाना भई काठमाडौं ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल रहेका छन् । उनीहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश/निर्देशन विपरीत वित्तिय कारोवार (हुण्डी) गर्दै आएका छन् भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नगद ३१ लाख ८१ हजार ३ सय ८५ रूपैयाँ र व्यक्ति तथा संस्थाको नाममा काटिएको बैंक चेक सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कानुनी कारवाहीको जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार