विराटनगरको कोल्डस्टोरमा ग्यास लिक, एकजना कामदारको मृत्यु

काठमाडौँ – विराटनगर ४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु भएको छ । कोल्ड स्टोरमा बिहीबार दिउँसो अचानक ग्यास लिक हुँदा निसासिएर कोल्ड स्टोरका कामदार विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो ।

चौधरी कोल्ड स्टोरका मिस्त्री हुन् । कोल्ड स्टोरभित्र ग्यास लिक भएपछि निसासिएर बेहोस भएको अवस्थामा चौधरीलाई फेला पारिएको र उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । स्थानीयका अनुसार चौधरी कोल्ड स्टोरभित्र काम गरिरहेका थिए । त्यही बेला अचानक ग्यास लिक भएको हो । प्रहरीका अनुसार बाहिर निस्कन नपाउँदै चौधरी बेहोस भएर त्यहीँ ढलेका थिए । शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । अनुसन्धानपछि मात्रै ग्यास कसरी लिक भयो भन्ने बारेमा पत्ता लाग्ने उनको भनाइ छ ।

Dengue

आवश्यक पर्ने ग्यास कोल्ड स्टोरले भण्डारण स्टक गरेर राखेको थियो । भण्डारणस्थलबाटै ग्यास लिक भएको पाइएको प्रहरीले जनाएको छ । सुरक्षित र व्यवस्थित तरिकाले भण्डारण नगर्दा ग्यास लिक भएर मानवीय क्षति हुन पुगेको स्थानीयले बताए । कोल्ड स्टोरको लापरबाहीले घटना भएको भन्दै सत्यतथ्य छानबिन हुनुपर्ने माग स्थानीयले राखेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार