काठमाडौँ – रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीले मङ्सिर ४ गते हुने चुनावका लागि घाेषणापत्र सार्वजनिक गरेकाे छ । आज बिहीवार काठमाण्डाैमा एक कार्यक्रमकाे आयाेजना गरी पार्टीले घाेषणापत्र सार्वजनिक गरेकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनावी घाेषणापत्र २४ शीर्षकमा समावेश छ । घाेषणापत्रमा निर्वाचन प्रक्रियामा सुधार गर्ने जनाइएकाे छ । त्यसका लागि अनुपस्थित मतदान पद्धति, ‘राइट टु रिकल’, ‘राइट टु रिजेक्ट’ व्यवस्था लागू गरिने उल्लेख छ । यस्तै झन्झटरहित सरकारी सेवाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले जिम्मेवार, प्रभावकारी र पारदर्शी सरकार सञ्चालनकाे वाचा गरेकाे छ । साथै भ्रष्टाचार देश विकासकाे प्रमुख बाधव भएकाले यसविरुद्ध निर्ममरूपमा प्रस्तुत पार्टीकाे घाेषणापत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्