बझाङमा ६ वर्षीया बालिका बलात्कृत, ७० वर्षीय वृद्ध पक्राउ

बझाङ – बझाङमा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–२ का ७० वर्षीय धनगिरी सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

पीडितहरूले गत भदौ ९ गते सार्कीले ती बालिकालाई चक्लेट, बिस्कुट दिन्छुँ भन्दै ललाई फकाई गरी ३ पटक लगातार बलात्कार गरेको बताएका छन् । खेतमा जाँदा बालिका सार्कीलाई देखेर डराउँदै लुकेपछि उनलाई किन डराएको भनी सोध्दा बालिकाले घटनाबारे बताएको बताइएको छ । बालिकाकी आमा माइती घर गएको मौका छोपी सार्कीले बालिकालाई आफ्नै घरमा ल्याएर करणी गरेको पीडित बालिकाको परिवारले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले सार्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । कार्यालयका अनुसार बालिकाको स्वास्थ्य परीक्षण भइसकेको जनाएको छ ।-न्युज कारखाना

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार