खुकुरी प्रहार गरी एक युवकको हत्या

काठमाडौँ – माडी नगरपालिका-४ घोसरीमा सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । खुकुरी प्रहारबाट अन्दाजी ३३ वर्षीय जीवन नेपालीको हत्या भएको माडी प्रहरीले जनाएको छ ।

घटनास्थल नजिकै रगतमा लतपतिएको खुकुरी प्रहरीले फेला पारेको छ । परियारको हत्या गरेको आरोपमा प्रहरीले उनकै साथी नवलपरासी बस्ने ३४ वर्षीय एक युवकलाई माडी–३ इनारबरुवाबाट पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरिएका व्यक्तिको पहिचान खुलाएको छैन ।

Dengue

अनुसन्धानकै क्रम चलेकाले हत्या आरोपित व्यक्तिको पहिचान नखुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । नेपालीको शुक्रबार राती करिब १० बजे हत्या भएको अनुमान गरिएको छ । घटनास्थलमा अत्यधिक रगत बगेको र भुईंमा घोप्टिएको अवस्थामा नेपालीको शव भेटिएपछि स्थानीयले प्रहरीलाई राती १२ बजे खबर गरेका थिए । नेपालीमाथि खुकुरी प्रहार गरेर भाग्ने क्रममा आरोपितले घोसरी गाउँमै घरमा सुतिरहेकी एक महिलाको गहना समेत लुटपाट गरेका थिए ।

न्युज कारखाना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार