ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

ताप्लेजुङ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।

बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए । आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित रु १५ लाख बढीको क्षति भएको हुनसक्ने तामाङले जाकारी दिए । क्षतिको यकिन विवरण भने आइनसकेको उनले बताए । आगलागीको कारण पनि खुल्न नसकेको वडाध्यक्ष तामाङले जानकारी दिए ।

Dengue

 

 

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार