पोखरामा पर्यटकका निधारमा सप्तरङ्गी टीका

पोखरा – तिहारमा सप्तरङ्गी टीका लगाएर पोखरामा नेपालीमात्रै रमाएनन्, विदेशी पर्यटक पनि रमाए । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आयोजना गरेको १५ औँ भाइटीका महोत्सवमा विभिन्न देशका पर्यटक सप्तरङ्गी टीका लगाउन पाउँदा दङ्ग परे ।

सङ्घको आयोजनामा भएको महोत्सवमा ३५ जना विदेशी पर्यटक सहभागी भएका थिए । पोखराको लेकसाइडमा भएको कार्यक्रममा पर्यटकलाई रेन्वो चिल्ड्रन होमका बालबालिकाले टीका, माला, ढाका टोपी र सल लगाइदिएका थिए ।

Dengue

बालबालिकाले पर्यटकलाई नेपाली परम्पराअनुसार टीका लगाएर उपहार दिएका थिए भने पर्यटकले पनि बालबालिकालाई दक्षिणा दिएका थिए । संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । पर्यटक देउसीभैलो र सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै नाचेका थिए । स्वदेशी तथा विदेशी पर्यटकमाझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्न महोत्सव सफल हुने आयोजकको विश्वास छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार