जुवा खेलिरहेका ३३ जना पक्राउ

हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा-११ नवलपुरबाट जुवा खेलिरहेका ३३ जनालाई सोमबार राति पक्राउ गरेको छ ।

नवलपुरस्थित बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीले जानकारी दिए । जुवा खेलीरहेका स्थानबाट प्रहरीले १३ थान कौडा, १३ बुक तास र ७३ हजार रुपैयाा नियन्त्रणमा लिएको छ ।

Dengue

यसैगरी प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै सोही स्थानबाट एक जना महिलालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार