जनता मालिक हुन्, मालिकको सेवा गर्नु हाम्रो कर्तव्य हो : बलायर

सहजपुर– नेपाली कांग्रेसका प्रदेश सभापति एवम् कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरबहादुर बलायरले जनताको सेवा गर्नु नेताहरुको कर्तव्य रहेको बताएका छन् । सोमबार कैलालीको चुरे गाउँपालिका–३, सहजपुरमा बसर युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले जनता मालिक र आफू सेवक भएको प्रतिक्रिया दिएका हुन् । विगतमा जनतालाई नोकर सम्झेर दासत्व लाद्न खोज्ने व्यक्ति तथा नेताको अन्त्य जनताले मंसिर ४ मा गर्ने बताउँदै उनले बाम – लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र सरकार जनतालाई शिरमा राखी मालिक सम्झेर सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे । ‘जनता जनार्दन हाम्रा मालिक हुन्, हामी जनताका नोकर हौं,’ बलायरले भने,’निर्वाचनपछि बन्ने बाम लोकतान्त्रिक गठबन्धनको सरकार र निर्वाचित हुने जनप्रतिनिधि जनताको नोकर भएर काम गर्न तयार हुनेछन्, किनकी जनता खुसी र सुखी भए मात्रै हाम्रो नौकरी चल्ने छ ।’ जनताको सेवा, देश विकास र समृद्धि सपना र चुनावी एजेण्डा मात्रै नभएर आफ्नो परम कर्तव्य भएको बताउँदै बलायरले आफू निर्वाचन लडेको क्षेत्र मात्रै नभै समग्र सुदूरपश्चिम र राष्ट्रकै जनता प्रति उत्तरदायी हुने बताए । युवाहरुको क्षमता विकास, स्वरोजगार र खेल क्षेत्रको विकासका लागि आफू सधैँ कटिबद्ध रहेको बलायरले बताए । ‘यो देशका युवा र खेलाडी राष्ट्रका सम्पत्ति हुन्,’ उम्मेदवार बलायरले भने,‘युवाहरुको, चेतना, परिश्रम र मेहनतले मात्रै राष्ट्रको सर्वाङ्गीण विकास सम्भव छ । हालको अवस्थामा युवाहरू देशप्रति गम्भीररूपमा चिन्तित हुन जरुरी छ ।’ सरकारको नेतृत्वमा रहँदा केपी शर्मा ओलीले गरेका हर्कत, संविधान र न्यायिक निकाय माथिको हस्तक्षेप, प्रतिगामी कार्यशैली र युवा शक्तिको गलत प्रयोगका विरूद्ध एक ठाउँमा उभिएर युवाहरुले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने जरुरी रहेको बलायरले बताए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार