यो निर्वाचन आन्दोलनको स्वरुप हो : बलायर

चौमाला– मंसिर ४ मा हुने निर्वाचन भनेको एक आन्दोनलको स्वरुप भएको कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार तथा नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरले बताएका छन् । मतदातासँगको साक्षात्कारमा बोल्दै सभापति बलायरले संविधान च्यात्ने ओलीको जालझेल रोक्न बाम–लोकतान्त्रिक गठबन्धन एक भई लडाइँको मैदानमा होमिएको बताएका हुन् ।

संविधान च्यात्ने एमालेलाई मतदान गर्ने कि संविधानको संरक्षण गर्ने बाम–लोकतान्त्रिक गठबन्धलाई मतदात गर्ने मतदाताको हातको फैसला भएको बताउँदै बलायरले भने,‘संविधानको संरक्षण बाम–लोकतान्त्रिक गठबन्धनले गरेको हो, त्यसैले गठबन्धन आजको आवश्यकता हो ।’ गठबन्धन मात्रै नभएको भए मंसिर ४ को निर्वाचनको कल्पना त के स्थानीय तहको निर्वाचन समेत नहुने बताउँदै उनले भने,‘ओलीले निर्वाचनै चाहेका थिएनन्, सर्वसत्ताबादी सोचका साथ राष्ट्रपतिलाई आफ्नो स्वार्थ पूरा गर्न ओलीले पटक पटक संविधानमाथि धावा बोलेको थिए ।’ सुदूरपश्चिमको अधिकारका लागि ऐसास दिलाउन केन्द्रमा आफू लागि पर्ने बताउँदै उनले भने,‘जनताको सुख दुःख र विकासका लागि म केही गरेर देखाउँछु । खोक्रा आश्वासन भने दिँदैन ।’

dashain shuvakamana
Discovery School

राजनीतिमा सम्झौता भए अनुसार बाम–लोकतान्त्रिक गठबन्धनका लागि आफू कहिल्यै नचुक्ने उनले बताए । ‘लोकतन्त्रका लागि संघर्ष गरेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई सधैँ सम्मान र आदर गर्नेछु,’ उनले भने,‘चुनावमा भोट दिने मतदातासँग म सधैँ नैतिकरुपमा बाँधिएको हुनेछु ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार