क्षेत्र नम्बर ४ मा आएका योजना जनतामाझ छर्लङ्ग छः मन्त्री सोडारी

चौमाला– प्रदेश सरकार गठन भएपछिको पाँच वर्षमा कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी विकासे कार्यक्रम आएको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सभा उम्मेदवार दीर्घबहादुर सोडारीले बताएका छन् ।

गौरीगंगा नगरपालिका– ३, कुचैनीमा भएको चुनावी भेलामा बोल्दै मन्त्री सोडारीले समानुपातिक ढंगबाट निर्वाचन क्षेत्रमा करोडौंका बहुवर्षिय योजनाहरु सुचारु भइरहेको बताएका हुन् । आफ्नो निर्वाचन क्षेत्रमा के कति योजनाहरु आएका छन्, ती बारे यहीँका जनतालाई छर्लङ्गै भएको बताउँदै उनले भने,‘कति योजनाहरु निर्माण सम्पन्न भइसकेका छन् भने कति योजनाहरु ठेक्का प्रकृयामै छन् ।’ चौमालाको पुरानो बजार जोड्न पक्की पुलदेखि ग्रामीण सडक कालोपत्रे जस्ता तमामौ विकासे योजना निरन्तर अगाडि बढिरहेको उनले बताए ।

Dengue

उनले भने,‘मैले अघिल्लो निर्वाचनमा चुरे क्षेत्रका मतदातासँग मत माग्दै गर्दा अर्को निर्वाचनमा गाडी चढेरै आउने भनेको थिएँ, सोही अनुरुप चुरे र मोहन्यालका गाउँगाउँमा सडक सञ्जाल जोडिसकेको छ । यस निर्वाचनमा म ति दुर्गम गाउँमा गाडी लिएरै आउँदैछु ।’ चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री सोडारीले यो निर्वाचन अहिले अतिवादी केपी ओली प्रवृत्तिका विरुद्ध भएको बताउँदै भने,‘हाम्रो लडाइँ भनेको ओली प्रवृत्तिका विरुद्ध हो । ओली प्रवृत्ति देशमा हावी भएमा प्रतिगमन बढ्ने खतरा भएकाले बाम–लोकतान्त्रिक गठबन्धन देशको रक्षार्थ एक ठाउँमा उभिएको हो ।’ ओलीले राष्ट्रपतिसँग मिलेर संविधानमाथि हमला गरेको बताउँदै उनले भने,‘तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विघटन गर्न तत्कालीन प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जवरासँग सेटिङ गरेर पार्टी अलग्याएका हुन् ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार